आजदेखि विराटनगरमा पनि कोरोना परीक्षण
विराटनगर, चैत्र २८ : आजदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ ।
काठमाडौबाट ल्याएको आवश्यक किट्स र उ....

विराटनगर, चैत्र २८ : आजदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ ।
काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण आजबाट शुरु गर्ने प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा दैनिक २० जनाको मात्रै स्वाब परीक्षण गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ ।
प्रकाशित मिति: ०७:२३ बजे, शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











