Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा आज भारत जाँदै

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ। 
परराष्ट्रमन्त्री डा. राणा आज भारत जाँदै

काठमाडौं, भदौ २ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाने भएकी छिन्। 

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ। 

Hardik ivf

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेकी हुन्। भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन्।

दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ। 

परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ। 
 

प्रकाशित मिति: ११:०५ बजे, आइतबार, भदौ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्