Kathmandu Press

चार संसदीय समितिको बैठक बस्दै

संघीय संसद सचिवालयका अनुसार आज कानून, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक आज बस्दैछ। 
चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं, भदौ २ : प्रतिनिधिसभा अन्तर्गतको चार वटा संसदीय समितिको बैठक आइतबार बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार आज कानून, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक आज बस्दैछ। 

कानून, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ। 

पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।

बिहान ११ः३० मा बस्न् कृषि समितिको बैठक कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईएरआईईई लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ।
 

प्रकाशित मिति: १०:०३ बजे, आइतबार, भदौ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्