Kathmandu Press

‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरूले एकतर्फी दमनचक्र लगाउन खोजे’

‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए। शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए। त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो। ती प्रयास गलत थिए,’ प्रधानमन्त्री ओलीले भने।
‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरूले एकतर्फी दमनचक्र लगाउन खोजे’

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताएका छन्। 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औं राष्ट्रिय परिषद् बैठकमा उनले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। 

Hardik ivf

‘शिक्षकहरूका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन।’

अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गरे।

शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐननियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको उनले बताए। शिक्षकहरुलाई राजनीतिबाट अलग गराउने प्रयास गलत भएको प्रधानमन्त्री ओलीले बताए। 

‘राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए। शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए। त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो। ती प्रयास गलत थिए,’ प्रधानमन्त्री ओलीले भने।

वर्तमान सरकारले शिक्षकमाथि कुनै शत्रुता राख्नुपर्ने कारण नदेखेको बताउँदै उनले शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दार रुपमा निर्वाह गरिदिए पुग्ने बताए। 

‘वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो। त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुुता राख्नुपर्ने कारण देख्दैन। शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दार रुपमा निर्वाह गरिदिए पुग्छ,’ उनले भने, ‘कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरू समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ। शिक्षक हुनु भनेको जागिरे हुनु होइन, एक प्रकारको जागरण हो।’
 

प्रकाशित मिति: २०:४७ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्