Kathmandu Press

आर्थिक क्षेत्र चलायमान र लगानीकर्ताहरु उत्साहित छन् : मन्त्री शाही

युवा पलायन हुने अवस्थालाई रोक्न नेपालमा केही गर्न सकिन्छ भन्ने अवस्था निर्माणमा सरकार अगाडि बढेको उनको भनाई छ। 
आर्थिक क्षेत्र चलायमान र लगानीकर्ताहरु उत्साहित छन् : मन्त्री शाही

काठमाडौं, भदौ १ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार बनेपछि सकारात्मक गतिविधिहरु अगाडि बढेको बताएका छन्। 

शनिबार राष्ट्र संरक्षण साप्ताहिकको १७औं वार्षिकोत्सव समारोहमा उनले देशमा आर्थिक क्षेत्र चलाएमान र लगानीकर्ताहरु उत्साहित बनाउने कुरामा वर्तमान सरकार लागेको बताए। 

Hardik ivf

‘आज जुन सहकार्यमा सरकार निर्माण भएको छ, यो सरकार निर्माण भएपछि देशमा सकारात्मक गतिविधिहरु र सन्देश प्रवाह भइरहेको छ। आर्थिक क्षेत्र चलाएमान भएको छ, लगानीकर्ताहरु उत्साहित भएका छन्,’ उनले भने, ‘टिआरसी विधेयक पारित गरेर देशमा दिगो शान्तिको एउटा चरण पनि अगाडि बढेको छ। सरकारको स्थायित्वका लागि देशमा सुशासन र भ्रष्टाचार नियन्त्रणमा जिम्मेवारी बहन गर्नुपर्नेछ।’

युवा पलायन हुने अवस्थालाई रोक्न नेपालमा केही गर्न सकिन्छ भन्ने अवस्था निर्माणमा सरकार अगाडि बढेको उनको भनाई छ। 

उनले नेपालमा लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनको लागि राजनीतिक दलहरु एकआपसमा समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने पनि बताए। 

प्रकाशित मिति: २०:३४ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्