Kathmandu Press

‘बृहत कर्मकाण्ड प्रदीप’ पुस्तक विमोचन

उनले अहिलेको  हाम्रो  समाज संस्कृति भाषाबाट अंग्रेजी भाषातिर आकर्षित भएको बताए। उनले यस्तो अवस्थामा यो पुस्तकले नयाँ पीडिहरुले बुझ्न सक्ने  गरि लेखक होम प्रसाद आचार्यले प्रकाशन गरेको बताए। 
‘बृहत कर्मकाण्ड प्रदीप’ पुस्तक विमोचन

काठमाडौं, भदौ १ : होमप्रसाद आचार्यको ‘बृहत कर्मकाण्ड प्रदीप’ पुस्तक लोकार्पण गरिएको छ। आज काठमाडौं उपत्यकामा भएको एक समारोहकाबीच उक्त  पुस्तक विमोचन गरिएको हो।

उक्त पुस्तक विमोचन गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यो  पुस्तकले हाम्रो संस्कृतिमा ठुलो टेवा पुग्ने बताए। उनले हाम्रा आंचरण, विचारहरु सबै यो पुस्तकमा लेखिएको जस्तै मिल्दोजुलदो रहेको  बताए।  

‘हाम्रो संघिय राजधानी काठमाडौंको नजिकै रहेको जिल्ला दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत क्षेत्रहरु नजिक रहेर पनिमहत्वपूर्ण प्राकृतिक सम्पदाहरु, ऐतिहासिक स्थलहरु प्रचार प्रसार हुन पाएका  छैनन्,’ उनले भने, ‘जति महत्व पाउनुपथ्र्यो त्यति महत्व पाएको छैन। नेपाललाई तान्नुपथ्र्यो त्यति तान्नुपर्ने  कुरामा पछाडि रहेकोले यो पुस्तकले प्राकृतिक सम्पदाहरुको बारेमा र जातजाति, संस्कार, संस्कृति भेषभुषा, धर्म,रितिरिवाज सम्पूर्ण कुराहरु पुस्तकमा समेटेको छ।’

उनले अहिलेको  हाम्रो  समाज संस्कृति भाषाबाट अंग्रेजी भाषातिर आकर्षित भएको बताए। उनले यस्तो अवस्थामा यो पुस्तकले नयाँ पीडिहरुले बुझ्न सक्ने  गरि लेखक होम प्रसाद आचार्यले प्रकाशन गरेको बताए। 

प्रकाशित मिति: २०:२३ बजे, शनिबार, भदौ १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्