Kathmandu Press

साफ यू–२० च्याम्पियनसिपका सबै टोलीको तयारी पूरा

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टिममा अघिल्लो वर्षका खेलाडीहरु, ए डिभिजन लिग खेलेका खेलाडीहरु रहेको भन्दै परिणाम राम्रो आउने आशा गरेको बताए।
साफ यू–२० च्याम्पियनसिपका सबै टोलीको तयारी पूरा

काठमाडौं, भदौ १ : आइतबार सुरु हुने साफ यू–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोलीले तयारी पूरा गरेको जनाएका छन्। 

शनिबार एन्फा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयारी पूरा भएको बताएका हुन्। प्रतियोगितामा सार्कमा आवद्ध पाकिस्तान भने सहभागी छैन्। 

उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएपनि एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको भन्दै  उद्टनसहित समूह चरणको खेलहरु एन्फा कम्प्लेक्समा गर्न लागिएको छ।

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टिममा अघिल्लो वर्षका खेलाडीहरु, ए डिभिजन लिग खेलेका खेलाडीहरु रहेको भन्दै परिणाम राम्रो आउने आशा गरेको बताए। यस्तै, उनले धेरै मेहेनत गरेर टिमलाई तयार पारेको पनि बताए। 

‘हामीले ४०–४५ दिन एन्फा कम्प्लेक्सकै ग्राउन्डमा तयारी गर्न पायौं। बर्षाले खासै असर गरेन र यही मैदानमा हाम्रो खेल हुने भयो। हाम्रो लागि धेरै राम्रो कुरा हो,’ उनले भने, ‘खेलाडीहरुका लागि अलिकति फाइदा हुन्छ जस्तो लागेको छ। अघिल्लो वर्षका खेलाडीहरु पनि समावेश गरिएको छ । ए डिभिजन लिग खेलेका खेलाडीहरु पनि छन्।’ 

उनले धेरै मेहेनत गरेका छौं, यो पटक टिम राम्रो नै भएकाले नतिजा पनि राम्रै आउने अपेक्षा छ।

यस्तै, नेपालका कप्तान कुशल देउवाले पनि टिम पूर्ण रुपमा तयार रहेको भन्दै च्याम्पियानसिप जित्ने लक्ष्य र सोचका साथ आएको बताए।
 

प्रकाशित मिति: १७:४९ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्