विद्युत उपयोगमा कुनै कसर बाँकी राख्नु हुँदैन : मन्त्री खड्का
शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले विद्युत उत्पादन गर्दा राज्यको पनि खर्च भएकाले प्राधिकरणले विद्युत उपयोगमा कुनै कसर बाकीँ राख्न नहुने बताएका हुन्।
काठमाडौं, भदौ १ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले विद्युत उत्पादन गर्दा जनताको टाउकोमा ऋण परेकाले विद्युत उपयोग गर्नुपर्ने बताएका छन्।
शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले विद्युत उत्पादन गर्दा राज्यको पनि खर्च भएकाले प्राधिकरणले विद्युत उपयोगमा कुनै कसर बाकीँ राख्न नहुने बताएका हुन्।
‘सिंचाइको काम गर्दा हामीहरुले विद्युत पनि उत्पादन गरिरहेका छौं। रानीजमारामा आयोजनामा ४ दशमलव ७१ मेगावाट विद्युत उत्पादन भएको छ र प्रयोग पनि भइरहेको छ,’ उनले भने, ‘प्रयोग गर्ने संरचनाहरु नै छैनन् ,कसरी गर्ने,कता गर्ने ? अहिले भटाभट ३० वर्ष ३५ वर्ष प्राइभेट सेक्टरहरुलाई दिने त्यसपछि सरकारले लिने भन्ने कुरा हो। त्यो लिइसकेपछि त्यसको उपयोग कसरी हुन्छ त्यसको खाका बनेको छैन।’
उनले केन्द्रीय सरकारी अस्पतालका लागि विद्युत महशुलमा ५० प्रतिशत छुट दिनुपर्ने बताए। उनले ५० प्रतिशत छुट दिए सरकारी अस्पतालमा झण्डै २४ घण्टा सेवा सूचारु गर्न सकिने बताए।