‘नरसिंहाः अवतार’मा सरोज खनाल र दीपा शाही अनुबन्धित
सरोज र दीपासँग निर्माणपक्ष र उनीहरुबीच लिखित सम्झौता गरेको छ। निर्माणपक्षले फिल्ममा उनीहरुको भूमिका बारे भने खुलाएको छैन।
काठमाडौं, भदौ १ : निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’मा कलाकारद्वय सरोज खनाल र दीपा शाही अनुबन्धित भएका छन्।
सरोज र दीपासँग निर्माणपक्ष र उनीहरुबीच लिखित सम्झौता गरेको छ। निर्माणपक्षले फिल्ममा उनीहरुको भूमिका बारे भने खुलाएको छैन।
याे फिल्मबाट आठ वर्षपछि महानायक राजेश हमाल कमव्याक गर्दैछन्। फिल्ममा हमालसँगै निती शाह, सनिशा भट्टराई अनुबन्धित भइसकेका छन्।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायांकनमा जाने तयारीमा रहेको छ। फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ।
प्रकाशित मिति: १५:५८ बजे, शनिबार, भदौ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार