Kathmandu Press

झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा आएको होइन् : मन्त्री सिंह

उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए। 
झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा आएको होइन् : मन्त्री सिंह
फाइल तस्बिर।

काठमाडौं, भदौ १ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुनेगरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन्। 

शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको खुशी पनि साटे र क्षेत्रबासी सबैलाई बधाई दिए। 

Hardik ivf

‘झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको होइन। देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हो। सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छ।’

उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए। 

उपप्रधानमन्त्री सिंहले काठमाडौँको क्षेत्र नम्बर १ को विकास निर्माणका काममा समेत प्रभावकारिताका साथ अघि बढाउने  प्रतिबद्धता पनि जनाए।
 
प्रकाशित मिति: १५:३१ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्