Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन

भारत सरकारले आयोजना गरेको ‘ग्लोबल साउथ समिट’को उद्घाटन प्रधानमन्त्री ओलीले शनिबार भर्चुअलरुपमा सम्बोधन गरेका हुन्।
प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन
फाइल तस्बिर।

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी ओलीले तेस्रो शृंखलाको ‘ग्लोबल साउथ समिट’को उद्घाटन सत्रलाई सम्बोधन गरेकाछन्।

भारत सरकारले आयोजना गरेको ‘ग्लोबल साउथ समिट’को उद्घाटन प्रधानमन्त्री ओलीले शनिबार भर्चुअलरुपमा सम्बोधन गरेका हुन्। सोको जानकारी प्रधानमन्त्री ओली समाजिक सञ्जालफर्मात गराएका छन्।

Hardik ivf

सो उद्घाटन सत्रलाई १५ राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका थिए। 

सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई जारी राखेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

‘हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ,’ ओलीले ट्वीट गरेका छन्। 

विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा स+sट, जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामुहिक प्रयास अपरिहार्य भएकामा प्रधानमन्त्री ओलीले जोड दिए।
 

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्