Kathmandu Press

जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने विषय निराधार हो : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले जनार्दनसँग आफ्नो चरण चरणमा वार्तासमेत भएको उल्लेख गर्दै पार्टी नफुट्ने सुनिश्चित भएको दाबी गरे। 
जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने विषय निराधार हो : अध्यक्ष दाहाल

काठमाडौं, भदौ १ : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने समाचार निराधार भएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षीक साधारण सभालाई सम्बोधन गर्दै उनले पार्टी फुटाउने विषयमा अनावश्यक शंका नगर्न पार्टीपंक्तिलाई आह्वान समेत गरे।

Hardik ivf

अध्यक्ष दाहालले जनार्दनसँग आफ्नो चरण चरणमा वार्तासमेत भएको उल्लेख गर्दै पार्टी नफुट्ने सुनिश्चित भएको दाबी गरे। 

‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तीलाई आह्वान गर्न चाहन्छ। पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ। त्यस्तो आशंका म मा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ,’ उनले भने, ‘आज बिहान मात्र शर्मासँग मैले छलफल पनि गरेका छु। अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन।’

पार्टी फुटाउने हल्ला निराधार भएपनि पार्टीभित्र व्यवहारिक विषयहरु जटिल बन्दै गएको दाहालको स्विकारोक्ति थियो। 

नेताहरुबीचको सम्बन्ध विगार्न केही पात्रहरुले अनावश्यक कथा बनाउने गरेको उल्लेख गर्दै दाहालले यसबारे पार्टी नेतृत्वले अनुसन्धान गरि कारबाही गनुपर्ने बताए।
 

प्रकाशित मिति: १३:५० बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्