Kathmandu Press

कुलमान भन्छन्– लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त छौं

‘आठ वर्षअघि वर्षायाममा समेत दैनिक आठनौं घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ,’ उनले भने, ‘हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सातसय मेगावाट भन्दा बढि निर्यात गर्ने अवस्थामा पुगेका छौं।’
कुलमान भन्छन्– लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त छौं

काठमाडौं, भदौ १ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन्। 

नेपाल विद्युत् प्राधिकरणको ३९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताए। 

Hardik ivf

‘आठ वर्षअघि वर्षायाममा समेत दैनिक आठनौं घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ,’ उनले भने, ‘हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सातसय मेगावाट भन्दा बढि निर्यात गर्ने अवस्थामा पुगेका छौं।’

२०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ बैसाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएको कुलमानले बताए।

उनले प्राविधिक कारणले केही छिन विद्युत अवरुद्द भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे। 

वर्षायाममा विद्युत भारत निर्यात गरि विदेशी मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको घिसिङको भनाई थियो। 

प्रकाशित मिति: १३:४५ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्