Kathmandu Press

थामेमा हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि

रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीको टोलीले शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेको पाइएको छ।
थामेमा हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि

सोलुखुम्बु, भदौ १ : शुक्रबार दिउँसो सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे आएको बाढी हिमताल फुटेर आएको पुष्टी भएको छ। 

खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्द शुक्रबार थामे खोलामा बाढी आएको पाइएको छ। 

Hardik ivf

रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीको टोलीले शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेको पाइएको छ।

निरीक्षणका क्रममा अरु दुई हिमताल फुट्ने जोखिममा रहेको पाइएको बताइएको छ। दुई ताल फुट्न सक्ने जोखिम देखिएपछि थामे नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। 

शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीका कारण थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। 

बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ भने खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ।

प्रकाशित मिति: १३:१८ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्