Kathmandu Press

लोकार्नो फिल्म फेस्टिभलमा थिन्लेलाई ‘बोक्कालिनो डिओर’

दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेको निर्माण टिमले जनाएको छ।
लोकार्नो फिल्म फेस्टिभलमा थिन्लेलाई ‘बोक्कालिनो डिओर’

काठमाडाैं, भदाै १ : विश्वको चर्चित फिल्म फेस्टिभल “लोकार्नो’ नेपाली कलाकार थिन्ले ल्हामोलाई उत्कृष्ट अभिनयका अवार्ड प्राप्त गरेकी छिन्। फिल्म ‘साम्बाला’का लािग गरेको अभिनयका लागि थिन्लेलाई ‘बोक्कालिनो डिओर’ अवार्ड प्रदान गरिएको छ। 

स्विट्जरल्यान्डमा आयोजित ७७औं लोकार्नोमा मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘साम्बाला’ प्रिमियर गरिएको थियो। दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेको निर्माण टिमले जनाएको छ।

‘साम्बालाको मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्वित भएका छौं, दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ।

‘साम्बाला’मा थिन्लेले बहुपति प्रथा अनुसार विवाह गरेकी डोल्पाली महिला पेमाको रुपमा अभिनय गरेकी थिइन्।

‘यो अवार्ड नेपाली कलाकारले जित्नुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास हामीले गरेका छौं,’ निर्माण टिमले भनेको छ। 

यस्तै, निर्देशक भामले यो अवार्डले नेपालका प्रतिभाशाली र उदीयमान कलाकारलाई प्रेरणा प्रदान गर्ने बताए। उनले यो सफलता नेपालका चलचित्रकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल तथा ऊर्जाशील महिला र विश्व समुदायप्रति समर्पण गर्न चाहेको बताए। 

डोल्पाको चार हजार दुई सयदेखि छ हजारसम्मको उचाइमा छायांकन गरिएको फिल्म गत साउन २३ देखि आजसम्म चल्ने महोत्सवमा अन्तर्राष्ट्रिय फिल्म ‘पियाजा ग्राण्डे’ विधामा प्रतिष्पर्धा गरिरहेको छ। 
 

प्रकाशित मिति: १२:१९ बजे, शनिबार, भदौ १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्