Kathmandu Press

अनधिकृत व्यक्तिलाई विद्यालय परिसरभित्र प्रवेश नदिन महनगरको निर्देशन

विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो।
अनधिकृत व्यक्तिलाई विद्यालय परिसरभित्र प्रवेश नदिन महनगरको निर्देशन

काठमाडौं, भदौ १ : काठमाडौं महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ। 

विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो।

Hardik ivf

‘केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको जानकारी हुन आएकाले अनधिकृत व्यक्ति वा समूहहरूलाई विद्यालय परिसरभित्र प्रवेश नदिन र स्वच्छ वातावरणमा अध्ययन अध्यापन कार्य सुचारु गर्न सम्बन्धित सबैमा अनुरोध छ,’ महानगरले जारी सूचनाम भनिएको छ। 

यदि अनधिकृत व्यक्ति तथा समूहले बलपूर्वक प्रवेश गर्ने प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरपालिकाको सहजीकरण आवश्यक देखिए महानगर प्रहरी बललाई सम्पर्क गर्न समेत महानगरले आग्रह गरेको छ।
 
प्रकाशित मिति: ११:१५ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्