Kathmandu Press

रक्षामन्त्री राई नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा

बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री राईसहित संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली शनिबार बिहान त्यहाँ पुगेको हो।
रक्षामन्त्री राई नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा

सोलुखुम्बु, भदौ १ : रक्षामन्त्री मानवीर राईको नेतृत्वको टोली बाढी प्रभावित क्षेत्र सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ थामेमा पुगेको छ। 

बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री राईसहित संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली शनिबार बिहान त्यहाँ पुगेको हो।

Hardik ivf

शुक्रबार थामे खोलामा आएको लेदोसहितको बाढीले वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ। बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ।

बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण छ। नेपाली सेनासहितको सुरक्षा निकायको टोली र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ।
 
प्रकाशित मिति: १०:१३ बजे, शनिबार, भदौ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्