Kathmandu Press

थामेमा बाढी : खोज, उद्धारमा सेना, प्रहरी परिचालन गर्न गृहको निर्देशन

गृह मन्त्रालयले शुक्रबार अपरान्ह सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र व्यवस्थापनमा खटाउन निर्देशन दिएको हो। 
थामेमा बाढी : खोज, उद्धारमा सेना, प्रहरी परिचालन गर्न गृहको निर्देशन

काठमाडौं, साउन ३२ : सोलुखुम्बुको थामेमा आएको भीषण बाढी र त्यसबाट थामेखोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। 

गृह मन्त्रालयले शुक्रबार अपरान्ह सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र व्यवस्थापनमा खटाउन निर्देशन दिएको हो। 

Hardik ivf

रक्षामन्त्री मानवीर राईले विपदसँग जुध्न सबै किसिमका उपाय अपनाउने गरी रक्षा मन्त्रालयले गृहसँग समन्वय गरेको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन नर्ग निर्देशन दिइएको बताए। 

यस्तै, जल तथा मौमस विज्ञान विभागले विज्ञप्ति जारी गर्दै जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

थामेमा बाढीमा फसकेका ७ जनाको नेपाली सेनाको टोली उद्धार गरेको बताइएको छ। बाढीले एउटा होटल र ३घर पनि बगाएको छ। भौतिक क्षति भएपनि मानवीय क्षति भए–नभएको जानकारी आएको छैन।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्