Kathmandu Press

गृहमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

भेटका अवसरमा मन्त्री लेखकले नेपाल र बेलायतबीचको लामो सम्बन्धको प्रशंसा गर्दै नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले बेलायती लगानी भित्र्याउन राजदूत फेनसँग आग्रह गरे।
गृहमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं, साउन ३२ : गृहमन्त्री रमेश लेखकसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवातार्मा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसीहित र चासोका विषयमा छलफल भएको थियो। 

Hardik ivf

भेटका अवसरमा मन्त्री लेखकले नेपाल र बेलायतबीचको लामो सम्बन्धको प्रशंसा गर्दै नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले बेलायती लगानी भित्र्याउन राजदूत फेनसँग आग्रह गरे।

सो अवसरमा राजदूत फेनले लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको विकासोन्मुख देश नेपाललाई सहयोग गर्ने बेलायत सरकार तयार रहेको बताए।

प्रकाशित मिति: १७:२३ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्