Kathmandu Press

थामे बाढी : दुधकोशी र भोटेखोलाका तटीय क्षेत्र उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह

बाढी दुधकोशीको सहायक नदी ‘भोटेकोशी’मा आएको र यो दुधकोशीमा मिसिएर बग्ने भएकोले तल्लो तटीय क्षेत्रका किनारा जोखिममा प्रहरीले जनाएको छ।
थामे बाढी : दुधकोशी र भोटेखोलाका तटीय क्षेत्र उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु, साउन ३२ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो आएको लेदोसहितको भीषण बाढीका कारण दुधकोशी र भोटेखोलाका तटीय क्षेत्र उच्च जोखिममा परेका छन्। 

बाढी दुधकोशीको सहायक नदी ‘भोटेकोशी’मा आएको र यो दुधकोशीमा मिसिएर बग्ने भएकोले तल्लो तटीय क्षेत्रका किनारा जोखिममा प्रहरीले जनाएको छ। दुधकोशीको तल्लो तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउमा जान प्रहरीले आग्रह गरेको छ।

यस्तै, जल तथा मौमस विज्ञान विभागले विज्ञप्ति जारी गर्दै जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

थामेमा बाढीमा फसकेका ७ जनाको नेपाली सेनाको टोली उद्धार गरेको बताइएको छ।

बाढीले एउटा होटल र ३घर पनि बगाएको बताइएको छ। भौतिक क्षति भएपनि मानवीय क्षति भए–नभएको जानकारी आएको छैन।

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्