Kathmandu Press

‘सरकारले जनताको निराशालाई आशामा बदल्नुपर्छ’

जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्ने बताउँदै उनले समाजमा के मुद्दाले असर गरिरहेको छ सरकारले बुझ्नुपर्ने बताए। 
‘सरकारले जनताको निराशालाई आशामा बदल्नुपर्छ’

काठमाडौं, साउन ३२ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताएका छन्। 

एमाले सामाजिक सेवा विभागको १०औं बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि एमाले र नेपाली कांग्रेस पार्टी मिलेर सरकार गठन गर्ने अवस्था आएको बताए।

Hardik ivf

महासचिव पोखरेलले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको अवधारणामा पनि ध्यान दिनुपर्ने बताए। 

जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्ने बताउँदै उनले समाजमा के मुद्दाले असर गरिरहेको छ सरकारले बुझ्नुपर्ने बताए। 

‘बंगलादेश दक्षिण एसियामै नमुना आर्थिक विकास भइरहेको देश हो, तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावनाबमोजिम सम्बोधन हुन नसक्दाको परिणाम अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ,’ उनले भने।

समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई पोखरेलले सुझाव दिए। एमालेका उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यले समाजमा देखिएका समस्या समाधान गर्न एमाले अग्रसर हुनुपर्ने बताए।

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्