Kathmandu Press

अर्थमन्त्री उज्वेकिस्तान र परराष्ट्रमन्त्री भारत भ्रमण स्वीकृत

सरकारले अर्थमन्त्री विष्णु पौडेलको उज्वेकिस्तान र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण स्वीकृत गरेको छ।
अर्थमन्त्री उज्वेकिस्तान र परराष्ट्रमन्त्री भारत भ्रमण स्वीकृत

काठमाडौं, साउन ३२ : सरकारले अर्थमन्त्री विष्णु पौडेलको उज्वेकिस्तान र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौं वार्षिक बैठकमा अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

Hardik ivf

‘२०८१ असोज ९ देखि १० सम्म उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौं वार्षिक बैठकमा माननीय उपप्रधान एवं अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ,’ उनले भने।

मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री डा। राणाको भारत भ्रमण स्वीकृति गरेके छ। परराष्ट्रमन्त्री डा। राणा नेतृत्वको प्रतिनिधिमण्डल भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमणमा रहने छ।

त्यस्तै भदौ ११ गतेदेखि १४ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने न्युट्रिशन फाइनान्सिङ सम्बन्धी कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका सदस्य प्रा।डा। आर।पी विच्छालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।
 

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्