Kathmandu Press

सोलोखुम्बुमा भीषण बाढी

दूधकोशीको सहायक खोला (थामे)मा शुक्रबार दिउँसो एक्कासी आएको बढी हो। बाढीले थामे गाउँ प्रभावित भएको बताइएको छ। 
सोलोखुम्बुमा भीषण बाढी

सोलुखुम्बु, साउन ३२ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा भीषण बाढी आएको छ।

दूधकोशीको सहायक खोला (थामे)मा शुक्रबार दिउँसो एक्कासी आएको बढी हो। बाढीले थामे गाउँ प्रभावित भएको बताइएको छ। 

Hardik ivf

एक्कासी आएको बाढीपछि दुधकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। पानी धेरे ठूलो नपरेकाले हिमताल फुटेको आशंका गरिएको छ। 

लोदोसहितको बाढीले टासी लाप्चा क्षेत्रमा दुईवटा होटल बगाएको बताइएको छ। अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन। 

बाढी के कारणले आएको एकिन नभएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्