Kathmandu Press

एकै पटक ५९ जना सहसचिवको सरुवा, को कहाँ पुगे?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) की सहसचिव कृष्णकुमारी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाललाई पनि प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ। 
एकै पटक ५९ जना सहसचिवको सरुवा, को कहाँ पुगे?

काठमाडौं, साउन ३२ : सरकारले एकसाथ ५९ जना सहसचिवहरुको सरुवा गरेको  । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो। 

जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। 

राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाललाई पनि प्रधानमन्त्री कार्यालयमा लगिएको छ। स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवरलाई पनि प्रधामनन्त्री कार्यालयमा सरुवा गरिएको छ। 

Hardik ivf

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) की सहसचिव कृष्णकुमारी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाललाई पनि प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीबाट यमुना प्रधान, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्यामप्रसाद भण्डारी र लोकसेवा आयोगबाट गोपीकृष्ण कोइराला अर्थ मन्त्रालयमा सरुवा भएका छन्। 

बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका दीपक लामिछाने र राष्ट्रिय योजना आयोगका महेश भट्टराई पनि अर्थमा सरुवा भएका छन्। 

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मीलाई पनि अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य र भरत खनाल परराष्ट्रमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक पनि परराष्ट्रमा पुगेका भएका छन्। 

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार रानालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । भन्सार विभागका उपमहानिर्देशक रहेका रामकुमार महतोलाई लोक सेवा आयोगमा सरुवा गरिएको छ। 

सहसचिव नारायणप्रसाद सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयका रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। 

अर्थकै सहसचिव टंकप्रसाद पाण्डे संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा पु¥याइएको छ । यता, टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ।

आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालय सरुवा गरिएको छ। भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्।

सहसचिव कृष्णप्रसाद लम्साल राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । लामो समदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। 

रघुराम विष्ट निर्वाचन आयोगबाट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। ज्ञानहरि घिमिरे हुलाक सेवा विभागका महानिर्देकबाट बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेका छन्।
कोशीको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तरगतमा ल्याइएको छ। बाग्मतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएकी छिन्। सहसचिव शिवराम पोखरेल सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएका छन्। 

बाग्मतीको प्रदेश लोक सेवा आयोगकी नीता पोखरेल अर्याल निर्वाचन आयोगमा सरुवा भएकी छिन्। सहसचिव रामकृष्ण लामिछानेलाई वैदेशिक रोजगार कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ।

सहसचिव हेमराज तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवा भएर कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। रुद्रप्रसाद पण्डित पर्यटन विभागबाट महानिर्देशकबाट राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्।

सहसचिव डा.नारायणप्रसाद रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमा सरुवा भएका छन् भने सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला मन्त्रालयको अतिरिक्तमा राखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई राष्ट्रय योजना आयोगमा लगिएको छ। 

सहसचिव नवराज ढुंगानालाई सुदूरपश्चिमको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । नारायणप्रसाद भट्टलाई परराष्ट्रबाट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । पुष्पराज शाही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। 

यस्तै, सहसचिव पुष्कर न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोशीको प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी पाएका छन्। सहसचिव लीलाप्रसाद शर्मा रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेका छन्। 

सहसचिव शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। सहसचिव रमेश ढकाल निर्वाचन आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका छन्। भूपेन्द्र थापालाई गृह मन्त्रालयबाट लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। 

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्। गण्डकीको प्रदेश लोकसेवा आयोगबाट ऋषिराम तिवारीलाई गृह मन्त्रायमा ल्याइएको छ।

यस्तै, सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएका छन् । परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्।  लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत निराजन घिमिरेले राष्ट्रपति कार्यालयमा ल्याइएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट चन्द्रकला पौडेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरिएकने छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दीपकराज नेपाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। ज्ञानप्रसाद ढकाल रक्षा मन्त्रालयमा सरुवा भएका छन्। 

सहसचिव सूर्यबहादुर खत्री गृह मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लगिएका छन्। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा कार्यरत प्रदीपकुमार कोइराला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन्। 

प्रकाश दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट संघीय मामिला मन्त्रालयमा जिम्मेवारी पाएका छन्।

प्रकाशित मिति: १५:०७ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्