Kathmandu Press

दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे झन् जटिल : नेता कोइराला 

उनले कांग्रेस–एमालेको दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने भनाई राखे। ‘संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिन्छ,’ कोइरालाले भने। 
दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे झन् जटिल : नेता कोइराला 
फाइल तस्बिर।

मोरङ साउन ३२ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुने बताएका छन्। कोइरालाले सर्वसहमतिमा संविधान संशोधन गर्नुपर्ने बताए।

मोरङको बूढीगंगा गाँउपालिका–७ डंग्राहामा शुक्रबार आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै डा.कोइरालाले उक्त भनाई राखेका हुन्। 

उनले कांग्रेस–एमालेको दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने भनाई राखे। ‘संविधान संसोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिन्छ,’ कोइरालाले भने। 

भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने बताउँदै अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्र हेर्ने क्षेत्राधिकार दिन नहुने भनाई समेत राखे। 

बूढीगंगा गाउँपालिकाले नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा मिर्गौला, मुटु तथा मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। नेता कोइरालाले बिरामी जाँच्दै निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ गरेका छन्।

प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्