Kathmandu Press

गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति शहिद परिवारका 

दुर्घटनामा परी ओखलढुंगाको चिशंखुगढी नगरपालिका–४ रातमाटेका ६२ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।
गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति शहिद परिवारका 

काठमाडौं, साउन ३२ : भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति शहिद परिवारका रहेको खुलेको छ। 

दुर्घटनामा परी ओखलढुंगाको चिशंखुगढी नगरपालिका–४ रातमाटेका ६२ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

Hardik ivf

मृतक शहिद महेश कोइरालाका भाई रहेको जनाइएको छ। महेश कोइराला पञ्चायतविरुद्धको आन्दोलनका क्रममा २०३१ सालमा ओखलढुंगामा मारिएका थिए। मृतकका परिवार काठमाडौंको कपनमा बस्दै आएका थिए। 

मृतक कोइरालाका श्रीमती र तीन छोरी छन्। उनी जनकपुर चुरोट कारखानाका अवकास प्राप्त कर्मचारी समेत थिए।

बिहीबार दिँउसो २ बजे गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले उनी चढेको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। 

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्