Kathmandu Press

प्रधानमन्त्री ओली र अमेरिकी उपराज्यमन्त्री बर्माबीच भेटवार्ता

उपराज्यमन्त्री बर्माले भ्रमणका क्रममा नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयनका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट्ने भएका छन्। 
प्रधानमन्त्री ओली र अमेरिकी उपराज्यमन्त्री बर्माबीच भेटवार्ता
Hardik ivf

काठमाडौं, साउन ३२ : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर बर्माबीच सिंहदरबारमा भेटवार्ता भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

शुक्रबार बिहान बर्मा नेपाल आइपुगेका थिए। उपराज्यमन्त्री बर्माले भ्रमणका क्रममा नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयनका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट्ने भएका छन्। 
 

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्