Kathmandu Press

सकरात्मक सोचको विकास गरेर युवा पलायन रोक्नुपर्छ : मन्त्री सिंह 

युवा पलायन रोक्न नेपालमै बसेर केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरू नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताए। 
सकरात्मक सोचको विकास गरेर युवा पलायन रोक्नुपर्छ : मन्त्री सिंह 

काठमाडौं, साउन ३२ : उपप्रधानमन्त्री एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्। 

काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै सकरात्मक विचार आवश्यक रहेको बताए।

Hardik ivf

समारोहमा बोल्दै मन्त्री सिंहले समाजमा नकारात्मक कुराहरुमा मान्छेहरुले बढी समय खेर फालिरहेको बताए। युवा पलायन बढिरहेको प्रति उनले चिन्ता व्यक्त गरे। 

युवा पलायन रोक्न नेपालमै बसेर केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरू नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताए। 

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला। सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदनप्रदान गर्नसक्नुपर्छ। ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन,’ उनले भने। को भनाइ थियो। 

शुक्रबार र शनिबार चल्ने ‘केसीसी एक्जिबिट २०२४’मा कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरू राखिएको छ। 

प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, साउन ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्