Kathmandu Press

पेट्रोलमा ५, डिजेल र मट्टितेल ३ रुपैयाँ मूल्य घट्यो

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। 
पेट्रोलमा ५, डिजेल र मट्टितेल ३ रुपैयाँ मूल्य घट्यो

काठमाडौं, साउन ३१ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। 

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ। 

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रहेकामा अब १६२ रुपैयाँ कायम भएको छ। दोस्रो वर्गका लागि प्रतिलिटर १६९ रहेकामा १६४ र तेस्रो वर्गका लागि प्रतिलिटर १७० रहेकामा १६५ रुपैयाँ कायम गरिएको छ। 

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १५५ रहेकामा १५२ रुपैयाँ कायम गरिएको छ। साथै दोस्रो वर्गका लागि १५७ रहेकामा १५४ र तेस्रो वर्गका लागि १५८ रहेकामा १५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन्। साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ। 

प्रकाशित मिति: २१:०८ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्