Kathmandu Press

पार्टी विभाजनबारे गलत प्रचार भयो, हाम्रो पार्टी एकतावद्ध भएको छ : अध्यक्ष दाहाल

‘पार्टी फुट्ने भन्ने विल्कुल गलत निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि होहल्ला प्रचार धेरै भयो,’ उनले भने, ‘कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आउँदा त्यो सबै भ्रम चिरिएका छन्।’
पार्टी विभाजनबारे गलत प्रचार भयो, हाम्रो पार्टी एकतावद्ध भएको छ : अध्यक्ष दाहाल

काठमाडौं, साउन ३१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनबारे गलत प्रचार भएको बताएका छन्। 

बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले, बैठकसम्म आउँदा पार्टी विभाजनबारे सबै भ्रम चिरिएको भन्दै पार्टी विभाजनबारे गलत प्रचार भएको बताए। 

Hardik ivf

‘पार्टी फुट्ने भन्ने विल्कुल गलत निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि होहल्ला प्रचार धेरै भयो,’ उनले भने, ‘कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आउँदा त्यो सबै भ्रम चिरिएका छन्।’

उनले खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भन्ने आशंका गलत रहेको भन्दै पार्टी झन् एकतावद्ध भएको दाबी गरे। 

‘खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भनेजस्ते आशङ्का छ त्यो गलत हो । हाम्रो पार्टी एकतावद्ध भएको छ,’ उनले भने। 

प्रकाशित मिति: २१:०० बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्