Kathmandu Press

संसदीय समितिका दुई सभापति गैरे र न्यौपानेले गरे सपथ ग्रहण 

बिहीबार संसदीय सुनुवाईको सभापतिमा कांग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा एमालेका सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका थिए। 
संसदीय समितिका दुई सभापति गैरे र न्यौपानेले गरे सपथ ग्रहण 

काठमाडौं, साउन ३१ : संसदीय सुनुवाई र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिहरुले सपथ ग्रहरण गरेका छन्। 

बिहीबार संसदीय सुनुवाईको सभापतिमा कांग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा एमालेका सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका थिए। 

उनीहरुले आजै कृषि समितिको हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरेका हुन्। 

दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।
 
प्रकाशित मिति: २०:५७ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्