Kathmandu Press

राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा ठाकुर गैरे

बिहीबार बसेको समितिको बैठकले एमाले सांसद गैरेलाई निर्विरोधि निर्वाचित गरेको हो। सभपाति उनको मात्रै उम्मेदवारी परेको थियो। 
राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा ठाकुर गैरे

काठमाडौं, साउन ३१ : संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका छन्।  

बिहीबार बसेको समितिको बैठकले एमाले सांसद गैरेलाई निर्विरोधि निर्वाचित गरेको हो। सभपाति उनको मात्रै उम्मेदवारी परेको थियो। 

यस्तै संसदीय सुनुवाइ समितिको सभापतिमा पनि नेपाली कांग्रेसकी नेत्री ईश्वरीदेवी न्यौपाने निर्विरोध भएकी थिइन्। 

प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन गरिएको हो। 

यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति यही साउन १६ गते गठन भएको हो।

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्