Kathmandu Press

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : मन्त्री पाण्डे

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी गराएका हुन्। 
१६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : मन्त्री पाण्डे

काठमाडौं, साउन ३१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको बताएका छन्। तर यसबर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी पनि गराए। 

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी गराएका हुन्। 

Hardik ivf

उनले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने पनि बताए । उनले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए।

उनले सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम, इको हिल टुरिजम लगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको बताए।

भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको उनले बताए।
 
प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्