Kathmandu Press

शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ। 
शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार

काठमाडौं, साउन ३१ : धितोपत्र बजारमा साताको अन्तिम दिन अर्को कीर्तिमान कायम भएको छ। कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै ३० अर्ब बराबरको कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १६.०१ अंकले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ। कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मुल्यमा कारोबार भयो। 

नेप्सेका अनुसार बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक ९.६४ र एनएमबी बैंकका लगानीकर्ताले ९.४२ प्रतिशतले कमाएका छन्। 

नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर ७.२२, सुभम पावर ७.१०, मिड सोलु हाइड्रोपावर ६.२८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.६८ प्रतिशतले गुमाएका छन्। 

नेप्सेका अनुसार, बैकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ। 

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्