Kathmandu Press

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

संघीय संसद संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा भएको सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्।
संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

काठमाडौं, साउन ३१ : संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन्। 

संघीय संसद संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा भएको सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्।

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन्। 

ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेकी नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरेकाछन्। 

आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ लिनेछिन्।

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्