टिआरसी विधेयक राष्ट्रिय सभामा टेबल
प्रतिनिधिसभाले पारित गरेको उक्त विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभा समक्ष टेबल गरेका छन्।
काठमाडौं, साउन ३१ : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) बिहीबार राष्ट्रियसभामा टेबल भएको छ।
प्रतिनिधिसभाले पारित गरेको उक्त विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभा समक्ष टेबल गरेका छन्।
विधेयक राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरणका लागि पठाइएने छ। राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्ने तय भएको छ।
प्रकाशित मिति: १६:१३ बजे, बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार