Kathmandu Press

यातायात कार्यालयका अधिकृत रेग्मीविरुद्ध घुस मुद्दा

सेवाग्राहीबाट उनले २० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 
यातायात कार्यालयका अधिकृत रेग्मीविरुद्ध घुस मुद्दा

काठमाडौं, साउन ३१ : यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध बिहीबार घुस मुद्दा दायर भएको छ। 

सेवाग्राहीबाट उनले २० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको भन्ने उजुरीमा अनुसन्धान हुँदा भ्रष्टाचार पुष्टी भएको जनाइएको छ। 
अभियोगपत्रमा सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिस्टमा एक व्यक्ति पास भएको तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टममा ‘फेल’ देखिएको थियो। 

ती सेवाग्राहीसँग विवरण सच्याउने नाममा उनले २० हजार रुपैयाँ घुस लिईएको अख्तियारले जनाएको छ । अख्तियारले रेग्मीसँग २० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको माग गरेको छ। 
 

प्रकाशित मिति: १६:११ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्