ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि गठ्ठाघरमा तनाव
ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको थियो।
काठमाडौं, साउन ३१ : भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि तनावको रुप लिएको छ।
ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको थियो। मृतक महिलाको सनाखत हुन सकेको छैन।
ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा मृत्युपछि अहिले प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको छ।
प्रहरी र प्रदर्शनकारीविच ढुंगा हानाहानपछि गठ्ठाघरको अवस्था तनावग्रस्त छ। आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाइदिएका छन्। अवस्था तनावपूर्ण बनेपछि घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको छ।
प्रकाशित मिति: १६:१० बजे, बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












