Kathmandu Press

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, फागुन १६ : आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिका....

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, फागुन १६ : आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रिय शोकको घोषणा गरिएकाले आजको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको जनाएको छ ।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउसो ३ बजे बोलाएको सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा जनाएको छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक शुक्रबार दिनको ३ बजेका लागि तय गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, फागुन १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्