Kathmandu Press

नैतिक धरातलमा उभिन रवि लामिछानेलाई ढकालको चुनौती 

कार्य सम्पादन मूल्यांकनमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा चलखेल गरेको भन्दै भ्रष्टाचारको प्रश्न समेत ढकालले उठाएका छन्। 
नैतिक धरातलमा उभिन रवि लामिछानेलाई ढकालको चुनौती 

काठमाडौं, साउन ३१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्तमा परेका डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई नैतिक धरातलमा उभिएको पुष्टि गर्न चुनौती दिँदै स्पष्टीकरण पत्र बुझाएका छन्।

ढकाललाई रास्वपाले गत साउन ३० गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले भनेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ।’ 

Hardik ivf

स्पष्टीकरणमा ढकालले सहकारी ठगी मुद्दामा लामिछानेमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भन्दै प्रतिप्रश्न गरेका छन्। 

दुईवटा राहदानी प्रयोग गरेको विषयमा समेत ढकालले प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘ती पासपोर्टका सबै पाना सार्वजनिक गर्ने आँट छ?’ 

यस्तै नीतिगत काम मात्र गर्ने भनेर गृहमन्त्री बनेपछि सरुवा बढुवा कुन नीतिमा रहेर गरेको हो भन्दै जनता र पार्टीका साथीहरुलाई स्पष्ट पार्न माग समेत उनले राखेका छन्। कार्य सम्पादन मूल्यांकनमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा चलखेल गरेको भन्दै भ्रष्टाचारको प्रश्न समेत ढकालले उठाएका छन्। 

‘आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरुको बैंक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस्। आँट छ? रवि लामिछाने ज्यू?,’ मुकुलले जवाफमा भनेका छन्,


 

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्