Kathmandu Press

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

दुर्घटनामा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल र उदय मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

सिन्धुली, साउन ३१ : बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामार्इ नगरपालिका २ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटना भएको छ। 

सो दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल र उदय मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाम आउँदै गरेको तरकारी तथा खाद्यान बोक्ने गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरकोबोलेरो दुर्घटनामा परेको हो। सो दुर्घटनामा पाँच जना घाइते भएका छन्। 

प्रहरीका अनुसार घाइते मध्ये ३ जनाको अवस्था चिन्ताजनक छ। उनीहरूलाई उपचारका लािग काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 

समान्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्