उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
मस्तिष्कको क्यान्सरबाट पीडित उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको हो।
काठमाडौं, साउन ३१ : उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको छ।
मस्तिष्कको क्यान्सरबाट पीडित उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको हो। उनको आजै बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।
न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनले आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगित गरेको छ।
प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












