Kathmandu Press

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध दर्ता भएको रिट सर्वोच्चद्वारा खारेज 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी संलग्न संवैधानिक इजलासले तीनवर्ट रिट खारेज गरिदिएको हो। 
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध दर्ता भएको रिट सर्वोच्चद्वारा खारेज 

काठमाडौं, साउन ३० : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने निर्णय असंवैधानिक रहेको प्रश्न उठाउँदै दायर भएको रिट निवेदन भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भिन्नाभिन्नै तीन वटा रिट दर्ता भएका थिए। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी संलग्न संवैधानिक इजलासले तीनवर्ट रिट खारेज गरिदिएको हो। 

रिट खारेपछि प्रधानमन्त्रीमा ओलीको वैधता पुष्टी भएको छ। संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको प्रश्न रिटमा उठाइएको थियो। 
 
प्रकाशित मिति: १९:३९ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्