Kathmandu Press

संसद्को दुईवटा समिति सभापतिका लागि न्यौपाने र गैरेको मात्र उम्मेदवारी

संसदीय सुनुवाइ विशेष समितिमा कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिका लागि एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी दर्ता भएको छ। 
संसद्को दुईवटा समिति सभापतिका लागि न्यौपाने र गैरेको मात्र उम्मेदवारी

काठमाडौं, साउन ३० : संसद्का दुईवटा संयुक्त समितिका लागि कांग्रेस र एमालेबाट दुई जनाको मात्र उम्मेदवारी दर्ता भएको छ। 

संसदीय सुनुवाइ विशेष समितिको सभापतिका लागि नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ। 

Hardik ivf

राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिका लागि नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी दर्ता भएको छ। 

सुनुवाई समितिको सभापतिमा उम्मेदवारी दिएकी न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद श्याम घिमिरे तथा समर्थकमा एमालेकी सुनिता बराल रहेका छन्। 

गैरेको प्रस्तावकमा एमाले सांसद सरस्वती सुब्बा तथा समर्थकमा कांग्रेसका दिलेन्द्रप्रसाद बडु छन् । सभापतिको घोषणा विहीबार दिउँसो ३ बजे हुने जनाइएको छ।

प्रकाशित मिति: १९:३२ बजे, बुधबार, साउन ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्