Kathmandu Press

प्रमुख प्रशासकीय अधिकृत शाहीसहित सात जना भ्रष्टाचारी ठहर

अदालतले आर्थिक वर्ष ०७४/७५ मा फिल्ड निर्माण कार्यको क्रममा भएकोभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गर्दै भुक्तानी गरिएको अख्तियारको दाबी अनुरुप ठहर गरेको छ। 
प्रमुख प्रशासकीय अधिकृत शाहीसहित सात जना भ्रष्टाचारी ठहर

काठमाडौं, साउन ३० : हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सातजना भ्रष्टाचारमा दोषी ठहर भएका छन्। 

बुधबार विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो। चंखेली गाउँपालिकाको वडा नं. ३ को फिल्ड निर्माण योजनामा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल फागुन १० गते मुद्दा दायर भएको थियो। 

Hardik ivf

न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढा, उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र वडा नं. ३ का अध्यक्ष शालिग्राम ऐडीलाई दोषी ठहर गरेको छ। 

अदालतले आर्थिक वर्ष ०७४/७५ मा फिल्ड निर्माण कार्यको क्रममा भएकोभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गर्दै भुक्तानी गरिएको अख्तियारको दाबी अनुरुप ठहर गरेको छ। 

अख्तियारले ११ लाख ९४ हजार रुपैयाँ अनियमितता भएको दाबी लिएको थियो । सातैजना प्रतिवादीलाई जनही तीन–तीन महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ। 

अनियमितताको रकमसमेत उनीहरूबाट असुल हुने ठहर अदालतको छ। 

प्रकाशित मिति: १७:२३ बजे, बुधबार, साउन ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्