Kathmandu Press

‘सीमित स्रोत र साधनभित्र रहेर अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छ’

‘देशले अहिलेको भन्दा बढि सक्रियता खोजेको छ। सीमित स्रोत र साधनभित्र हामीले अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छ,’ उनले भने, नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा यो अस्पताल मात्रै हो, त्यसकारण यसलाई प्रभावकारी बनाउने कुरामा हामीले सहकार्य गर्न आवश्यक छ।’
‘सीमित स्रोत र साधनभित्र रहेर अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छ’

काठमाडौं, साउन ३० : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सीमित स्रोत र साधनभित्र रहेर अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था रहेको बताएका छन्।  

बुधबार कान्तिबाल अस्पतालको बाल मनोचिकित्सा र मानसिक स्वास्थ्य इकाईको निरीक्षण गर्दै उनले नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा बालकान्ति मात्र भएको भन्दै यसलाई प्रभावकारी बनाउने कुरामा सहकार्य गर्न आवश्यक रहेको बताएका हुन्। 

Hardik ivf

‘देशले अहिलेको भन्दा बढि सक्रियता खोजेको छ। सीमित स्रोत र साधनभित्र हामीले अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छ,’ उनले भने, नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा यो अस्पताल मात्रै हो, त्यसकारण यसलाई प्रभावकारी बनाउने कुरामा हामीले सहकार्य गर्न आवश्यक छ।’

उनले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक रहेको भन्दै अनलाइनबाट सेवा दिने व्यवस्था भए सहज वातावरण सिर्जना हुने बताए। 

‘हामीले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक छ। सरकारी अस्पतालहरुमा हुने भिड, लाइनलाई घटाउनको लागि हामीले भनेको अनलाईन प्रणालीबाट काम अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘अनलाइनबाट सेवा दिने व्यवस्था गर्ने हो भने पनि सहज वातावरण सिर्जना हुन्छ। समय तोकिएको टोकनको पनि व्यवस्था गर्न सकियो भने राम्रो हुन्छ।’ 

बिमालाई व्यवस्थित गर्न सकेमात्र स्वास्थ्य सेवा सहज र सरल बन्न सक्ने भन्दै यसमा सबैको सहयोगको अपक्षा गरेको पनि उनको भनाई छ। 

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्