Kathmandu Press

‘दुई दलीय शासन ल्याउन दिइन्नँ’

‘दुई दलीय शासन ल्याउन खोजिएको हो? दुई दलीय शासन नेपालमा आउन सक्दैन, आउन हामी दिँदैनौं। बहुदलीय व्यवस्था हामीले ल्याएका हौं,’ उनले भने।
‘दुई दलीय शासन ल्याउन दिइन्नँ’

काठमाडौं, साउन ३० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा दुई दलीय शासन ल्याउन नदिने बताएका छन्। 

बुधबारको प्रतिनिधिसभा बैठकमा टिआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले कांग्रेस र एमालेले दुई दलीय शासन लाद्न खोजेको संकेत गर्दै यसले देशलाई नोक्सान पुर्‍याउने बताउँदै त्यस्तो हुन नदिने बताए।

Hardik ivf

‘दुई दलीय शासन ल्याउन खोजिएको हो? दुई दलीय शासन नेपालमा आउन सक्दैन, आउन हामी दिँदैनौं। बहुदलीय व्यवस्था हामीले ल्याएका हौं,’ उनले भने।

बहुदलीय व्यवस्था आफूहरूले ल्याएको भन्दै नेपालले यस व्यवस्थालाई अझै समृद्ध बनाउन चाहेको बताए। उनले कांग्रेस सभापति शेरबहादुर देउवा सारै सोझो भएको भन्दै ख्याल गर्न सुझाव दिँदै उनले दुई दलीय प्रणाली स्थापित गर्ने कुरा सुनिरहेको भन्दै बंगलादेशको घटनाले सचेत बनाएको बताए।

‘अहिले एउटा घण्टी बजेको छ, बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ। कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन,’ उनले भने, ‘कुरा लोकतन्त्रको, व्यवहार प्रतिगमनको, अधिनायकवादको, दुईदलीय शासनको दिशामा जाने कुरा स्वीकार्य छैन।’ 

यस्तै, अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओलीलाई कुरा चिप्ला तर, काम खस्रा नगर्न आग्रह गरे गर्दै शान्ति प्रक्रियाका विषयमा भएको घटनाक्रम पनि सुनाए। 

उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले तत्कालीन राजालाई आग्रह गरेको सुनाए। ‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन्। मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने।

अध्यक्ष नोपलले शान्ति प्रक्रियामा हस्ताक्षर गर्दा आफूलाई सहभागी नगराएको पनि उनले दुखेसो गरे। उनले त्यसबेला आफू रिसाएपछि गिरीजाबाबु र प्रचण्डले बोलाएपछिमात्र सहभागी भएको पनि बताए।

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्