Kathmandu Press

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री आयात

मेलम्ची, चैत २७ : तीन महिनादेखि बन्द तातोपानी नाकाबाट बुधबारदेखि खुलेसँगै कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ।  चीनको खास....

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री आयात

मेलम्ची, चैत २७ : तीन महिनादेखि बन्द तातोपानी नाकाबाट बुधबारदेखि खुलेसँगै कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ।  चीनको खासाबाट बुधबार अपराह्न नेपाल भित्रिएका सामानमा १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ। 

चीनको हुबेई प्रान्तको वुहान शहरमा गत डिसेम्बर अन्तिममा शुरु भएको नोबेल कोरोना भाइरस संक्रमण भएपछि गत माघ १३ गतेदेखि उक्त नाका बन्द भएको थियो।  माघ १५ गते नाकामा स्वास्थ्य सहायता कक्ष राखिए पनि भरपर्दो नभएको भनी जनगुनासो बढेपछि भोटेकोशी गाउँपालिकाले विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त सामान उपलब्ध गराएको थियो। हाल एक  चिकित्सकसहित तीन  स्वास्थ्यकर्मी रहने गरी कक्ष सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए।

ती सामान पहिले नै चीनको खासामा आएर रोकिएको थियो। अत्यावश्यक सामान विशेष सतर्कता अपनाई चीनबाट झिकाउन पाउनुपर्छ भन्ने मान्यता राखी सबै पक्षसँग समन्वय गरिएकाले अन्य सामान पनि आयात हुने अध्यक्ष पौडेलले बताए।

झिकाइएका सामान र भन्सार क्षेत्रमा कीटनाशक औषधि छर्कनाका साथै संक्रमणबाट जोगिन विशेष सतर्कता अपनाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर थापाले बताए।

प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, चैत २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्