Kathmandu Press

‘टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूकाे सपना पुरा हुँदैछ’

उनले अस्पतालको अन्तिम भेटमा आफूपछि शान्ति प्रक्रियाको बाँकी काम आफ्नो काँधमा रहेको बताएको पनि स्मरण गर्दै उनले शान्ति प्रक्रियाको बाँकी काम टुंगिने बाटोमा रहेपनि कार्यान्वयनको चुनौती रहेको बताए।
‘टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूकाे सपना पुरा हुँदैछ’

काठमाडौं, साउन ३० : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको बताए।  

Hardik ivf

उनले आजको दिनलाई दूरगामी महत्वको दिन भन्दै शान्ति प्रक्रियाका अभिन्न अंगका रूपमा संक्रमणकालीन न्याय अघि बढ्दा हजारौँ सहिदको सपना साकार भएको बताए। 

विधेयक पारित हुँदा संक्रमणकालीन न्याय निरुपणका लागि फराकिलो बाटोमा पुगिएको भन्दै उनले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा सात दलीय गठबन्धनका नेता कोइरालालाई स्मरण गरे। 

‘हामी सबैको साझा प्रयासले नै हामी यो ठाउँमा आइपुगेका छौं  यो विधेयक पारित हुँदैगर्दा म कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिन्छु्। मैले ०६२ सालमा सात दलीय गठबन्धन र उहाँ मेरो साझेदारको रूपमा हुनुहुन्थ्यो।’

उनले अस्पतालको अन्तिम भेटमा आफूपछि शान्ति प्रक्रियाको बाँकी काम आफ्नो काँधमा रहेको बताएको पनि स्मरण गर्दै उनले शान्ति प्रक्रियाको बाँकी काम टुंगिने बाटोमा रहेपनि कार्यान्वयनको चुनौती रहेको बताए।

अध्यक्ष दाहालले उपलब्धी संस्थागत गर्दै फराकिलो बाटोमा अघि बढ्न संस्थागत आधार तयार भएको बताए। सबै साझा प्रयासले यहाँसम्म आइपुगेको बताउँदै उनले यसमा  योगदान गर्ने सबैलाई धन्यवाद दिए। 
 

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, साउन ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्