Kathmandu Press

नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको हो : अध्यक्ष दाहाल

‘नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्, हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रिया यो हो,’ अध्यक्ष दाहालले भने। 
नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको हो : अध्यक्ष दाहाल

काठमाडौं,  साउन ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताउँदै यो विश्वकै लागि अनुकरणीय भएको बताए।

Hardik ivf

‘नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्, हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रिया यो हो,’ अध्यक्ष दाहालले भने। 

शान्ति प्रक्रियाबाट राजनीतिक रूपमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको र संविधानसभाबाट नयाँ संविधान बनि नयाँ संविधानमा राजनीतिक उपलब्धिहरू संस्थगागत पनि भएको दाहालले बताए। 

नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले भएको पनि उनले बताए। सेना समायोजनन र हतियार व्यवस्थापन जटिल विषय भएपनि नेपालमा आधुनिक हतियार व्यवस्थापन र ठूलो संख्याको सेना समायोजना जटिल रहेपनि सहजै सम्पन्न भएको उनको धारणा थियो। 

राजनीतिक नेतृत्वले जोखिम उठाएर सेना समायोजन गरिएको बताउँदै सेना समायोजन गर्दा माओवादी पार्टी विभाजन भएर आफूलाई क्षति भएपनि देश बाचेको उनले बताए। 

प्रकाशित मिति: १४:५० बजे, बुधबार, साउन ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्